"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुदै

प्रकाशित मिति :  १० जेष्ठ २०७९, मंगलवार १२:०२


Photo : Google Source

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले संयुक्त बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिनु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको गठबन्धन सरकारको पहिलो नीति तथा कार्यक्रम हो । अघिल्लो वर्ष नेकपा (एमाले) का अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री के।पी। ओली शर्माको नेतृत्वमा रहेको सरकारले नीति तथा कार्यक्रम र त्यसमा आधारित बजेट ल्याएको थियो ।

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम तयारीका लागि सत्तारूढ गठबन्धन दलका नेताहरूले शनिबार र आइतबार दुई दिन बैठक बसेर सैद्धान्तिक सहमति गर्नुभएको थियो । स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारप्रति जनताको आशा अलि बढी नै रहेको छ । साथै बढ्दो महँगीलाई कसरी सम्बोधन हुनेछ भन्ने आम चासो पनि छ । नीति तथा कार्यक्रममा आधारित रहेर नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ । सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । संसद्का महासचिव डा। गौतमका अनुसार, राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्नुभएपछि सम्बोधनको सत्र समाप्त हुने कार्यक्रम छ ।

सो कार्यक्रमपछि संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठक बस्ने कार्यक्रम छ । ती बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति सदनमा टेबल गर्नुहुनेछ । संयुक्त सदनलाई सम्बोधन गर्नुभएकोमा राष्ट्रपतिप्रति हार्दिक धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा