"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बारबर्दिया नगरपालिका इन्जिनियर घुससहित पक्राउ

प्रकाशित मिति :  30 January, 2026 8:27 am


काठमाडौँ- बर्दियाको बारबर्दिया नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ परेका छन्। नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।विद्यालयको भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै मल्ले सेवाग्रहीसँग एक लाख पचास हजार घुस माग गरेको अख्तियारले जनाएको छ।

सेवाग्रहीसँग घुस रकम लिइरहेको अवस्थामा मल्लाई नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ। उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध