"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  5 February, 2026 8:44 am


काठमाडौँ –  हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ताँजाकोट गाउँपालिकाबाट स्वास्थ्य उपकरण खरिद गर्दा वदनियतपूर्ण खरिद गरेकोभन्दा बढी औषधिको विवरण थप गरी बिलको रकम अङ्क तथा अक्षरमा सच्याई थपघट गरी गराई नक्कली बिल भरपाइको आधारमा भुक्तानी दिइ  लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ। 

आयोगका अनुसार सो गाउँपालिकाका ढकालसहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल विर्षसिंह सुनारविरुद्ध एक लाख ९१ हजार ८५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 

यसैगरी, आर्यन फार्मा नेपालगञ्जका सञ्चालक कृष्ण कुमार भुजुवाविरुद्ध एक लाख ९० हजार आठ सय रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको अयोागले जनाएको छ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रकम एक लाख ९१ हजार ८५० रुपियाँ कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल हुन मागदाबी लिइ बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध