"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टी एक्लैले ल्यायो दु‍ई तिहाई सिट

प्रकाशित मिति :  9 February, 2026 3:52 pm


काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो। ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ। तर, एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ।

योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ। जापानमा यो १९५५ मा एलडिपीको स्थापना भएदेखिकै रेकर्ड जित हो।१९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेले जितेको ३०० सिटको अघिल्लो रेकर्डलाई अहिले ताकाइचीले तोडेकी हुन्।  

विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ। विपक्षी सेन्टर रिफर्म कोलिसन ४९ सिटमात्रै प्राप्त गरेको छ। जबकी अघिल्लो निर्वाचनमा उसको १७२ सिट थियो।

एलडिपी गठबन्धन सहित अन्य दलले ११३ सिट जितेको छ। ताकाइचीले जनवरी २३ मा संसदको तल्लो सदन विघटन गर्दै १६ दिनभित्रैमा निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। उनका मुख्य एजेण्डा संविधान संशोधन, बलियो सेना, खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत कर हटाउने लगायतका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता

काठमाडौँ –  अमेरिका-इसराइल र इरानबीच झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि पहल भइरहेको छ। फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन