"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित

प्रकाशित मिति :  12 February, 2026 10:31 am


काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ‘चलचित्र विधेयक २०८१’ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो। यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित चलचित्र विधेयकमाथि छलफल भएको थियो।

विधेयकमा २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी संघीय संरचना र नयाँ प्रविधिअनुरुप बनाउने उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र