"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा

प्रकाशित मिति :  12 February, 2026 5:59 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की सोलुखुम्बुको नाम्चे पुगेकी छिन्। आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न बिहीबार उनी त्यहाँ पुगेकी हुन्।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार नाम्चेमा स्थानीय र सरकारी अधिकारीहरूसँग अन्तरक्रिया हुनेछ। प्रधानमन्त्रीको टोलीमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावल पनि सहभागी छन्।

फागुनमा चुनाव भएकाले कतिपयले हिमाली जिल्लामा मतदान गर्न कठिन हुने भन्दै चुनाव सानुपर्ने पनि धारणा राखेका थिए। तर, निर्वाचन आयोगले भने तोकिएकै मितिमा एकै चरणमा चुनाव हुने बताएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद