"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनाव सम्पन्न गर्न सबैले भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  13 February, 2026 5:21 pm


काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण ढंगबाट चुनाव सम्पन्न गर्न सबैलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेकी छन्। निर्वाचनको तयारी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्ने क्रममा ताप्लेजुङको पाथीभारा र फुङलिङ क्षेत्र पुगेकी उनले स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएकी हुन्।

उनले भनिन्,‘म यहाँ चुनाव सफल होस् भन्नका लागि आएकी हुँ। तपाईँहरू सबै जना मतदान गरिदिनुहोला। चुनावलाई शान्तिपूर्ण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलिदिनुहोला। यसपालिको चुनाव अरू नियमितजस्तो सामान्य चुनाव होइन। विशेष अवस्थामा हुन लागेको चुनाव हो। यसले देशलाई निकास दिनुपर्छ। देशको भविष्य कोर्ने चुनाव हो यो।’

प्रधानमन्त्री कार्कीले ताप्लेजुङको सदरमुकाम फङलिङमा सरकारी अधिकारीहरूसँग छलफल गरेकी थिइन्। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना गुल्मका गुल्मपति, ताप्लेजुङका प्रहरी प्रमुखलगायतले प्रधानमन्त्री कार्कीलाई चुनावको तयारी र सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार ९० हजार ३२७ मतदाता र एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा दुई अस्थायीसहित ८३ मतदानस्थल तोकिएको छ। यीमध्ये चारवटा मतदानस्थल भौगोलिक रुपमा विकट र हिमाली क्षेत्रमा रहेका छन्।

अहिलेसम्म मौसम सामान्य रहेको र खासै प्रतिकूलता नरहेको भए पनि हिमपात भएमा मतदानका लागि कर्मचारी आवतजावत गर्न कठिन हुनसक्ने उनको भनाइ थियो। साथै उनले मतपेटिका हेलिकप्टरबाट ओसार्ने व्यवस्थाका लागि उनले अनुरोध गरे।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययिता सबै कोणबाट भविष्यका लागि मानक बन्ने गरी काम गर्न निर्देशन दिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद