"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीद्धारा लुम्बिनी प्रदेशमा निर्वाचन तयारीबारे छलफल

प्रकाशित मिति :  21 February, 2026 12:28 pm


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् । शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग उनले ब्रिफिङ लिएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनको सुरक्षा लगायतबारे ब्रिफिङ लिएकी थिइन् । सुरक्षा अवस्थाबारे प्रहरी र सेनाका अधिकारीहरूले जानकारी गराएका थिए ।

पछिल्ला दिनमा प्रधानमन्त्री कार्की विभिन्न प्रदेशहरूमा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिइरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद