"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबै धर्म र समुदायबीच सहिष्णुता र सम्मान कायम राख्न गृहको अपिल

प्रकाशित मिति :  21 February, 2026 9:44 pm


काठमाडौँ — धार्मिक सहिष्णुता र सम्मान कायम राख्न गृह मन्त्रालयले अपिल गरेको छ। तराई–मधेसका केही जिल्लामा पछिल्लो समय देखिएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृहले सो कुराको अपिल गरेको हो। मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) द्वारा जारी विज्ञप्तिमा सबै पक्षलाई संयमता अपनाउन, कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नगर्न–नगराउन तथा सबै धर्म र समुदायबीच पारस्परिक सम्मान र सहिष्णुता कायम राख्न सादर अनुरोध गरिएको छ।

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै देशको विद्यमान सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। मन्त्रालयका अनुसार रौतहट, दाङ लगायतका क्षेत्रमा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने गतिविधि, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड, राजनीतिक दलका झण्डा जलाउने जस्ता कानूनविपरीत कार्य भएका छन्। यस्ता गतिविधिले सामाजिक मर्यादा र आपसी विश्वासमा आँच पुर्‍याएको ठहर गरिएको छ।

मन्त्रालयले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको र संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। यसैगरी, केन्द्रीय सुरक्षा समिति बैठकले नेपाल प्रहरीका एआइजी उमाप्रसाद चतुर्वेदीलाई मधेसमा पछिल्लो समय भएको र हुनसक्ने सम्भावित गतिविधिको विश्लेषण गर्न खटाउने निर्णय गरेको छ।

शनिबार गृह मन्त्रालयमा बसेको समिति बैठकले एआइजी चतुर्वेदीलाई प्रतिवेदन पेस गर्नका लागि खटाउने निर्णय गरेको प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार चतुर्वेदी मधेसतर्फ खटिइसकेका छन्। पछिल्लो केहीदिन यता रौतहटमा दुई समुदायबीच झडप हुँदै आएको छ। स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश समेत जारी गरेको छ।

‘तराईं क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि सुरक्षाको संवेदनशीलता समेत विश्लेषण गरेर प्रतिवेदन पेस गर्न र त्यो अनुसार कारबाहीको प्रक्रिया अघि बढाउन उमाप्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ। सँगसँगै सुरक्षाका संवेदनशील क्षेत्रमा सुरक्षा निकायहरूलाई उच्च पदाधिकारी खटाउन र विश्लेषण सहितको प्रतिवेदन पेस गर्न निर्देशन भएको छ,’ सहसचिव काफ्लेले भने। रौतहटको घटना र चुनावी प्रचारप्रसारको क्रममा झण्डा जलाउने लगायत गतिविधि हुन थालेपछि गृहले समितिको बैठक बोलाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको