"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्तिपूर्ण, निष्पक्ष र भयरहित चुनावका लागि सम्पूर्ण संयन्त्र क्रियाशील छन् : प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  22 February, 2026 12:48 pm


काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनको सरक्षामा राज्यका सबै संयन्त्र क्रियाशील रहेको स्पष्ट पारेकी छन्।

उनले गण्डकी र लुम्बिनी प्रदेशमा चुनावी तयारी र सुरक्षा अवस्थाबारे सम्बन्धित अधिकारीहरूसँग विस्तृत छलफल गरेपछि उक्त कुरा बताएकी हुन्। कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणका लागि प्रभावकारी योजनासाथ हाम्रा सम्पूर्ण संयन्त्र क्रियाशील छन्।’

उनले संलग्न सम्पूर्ण जनशक्तिको मेहनत, प्रतिबद्धता र उच्च मनोबलको सराहना गरेकी छन्। कार्कीले शुक्रबार गण्डकी प्रदेश र शनिबार लुम्बिनी प्रदेशको भ्रमण गरी सुरक्षा अवस्था, निर्वाचन तयारीबारे जानकारी लिएकी थिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद