"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जाँचबुझ आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?

प्रकाशित मिति :  17 March, 2026 8:15 pm


काठमाडौँ — गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै निरन्तर जेन-जी समूहले प्रदर्शन गरिरहे पनि सरकारले त्यसलाई सार्वजनिक गर्न चासो देखाएको छैन ।

मन्त्रिपरिषद्को आइतबारको बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिवेदनको ‘विस्तृत स्वरुप सोमबार सार्वजनिक गरिने’ बताएका थिए । तर, मंगलबार कान्तिपुरसँग कुरा गर्दै उनले प्रतिवेदन अहिले अध्ययनकै क्रममा रहेकाले त्यसपछि मात्र के गर्ने भन्ने निर्णय हुने बताए । ‘यो विषयमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्नुपर्ने छ,’ गृहमन्त्री अर्यालले भने ।

मन्त्रिपरिषद्ले कार्की आयोगको प्रतिवेदनलाई ग्रहण गर्दै त्यसलाई अध्ययन गर्ने निर्णय गरेको थियो । आयोगले २४ फागुनमा प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । २३ भदौको जेन–जी आन्दोलनमा भएको सरकारी दमन र २४ भदौमा भएको उत्पातको घटनामा ७६ जनाको ज्यान गएको थियो ।

कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए । उनीहरुले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री कार्कीले आयोगलाई धन्यवाद दिँदै ‘तपाईंहरूले काम पूरा गर्नुभयो, अब जे गर्नुपर्छ, गर्छौं’ भनेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले प्रतिवेदन हेरेर पूरै विवरण सार्वजनिक गर्ने कि निष्कर्ष मात्रै बाहिर ल्याउने निर्णय गर्ने बताएकी थिइन् । प्रतिवेदनमा भएका कतिपय विषय आफूहरुको मनोबल गिराउने किसिमको भएको भन्दै प्रहरीले चाहिा आपत्ति जनाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको