"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालेन नेतृत्व मन्त्रिपरिषद्को पहिलो बैठकका ४ निर्णय

प्रकाशित मिति :  27 March, 2026 8:17 pm


काठमाडौँ- नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिस बमोजिम गर्ने र अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

साथै बैठकले शिक्षामन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने, शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय पनि गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य