"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यूएईमाथि नेपालको सहज जित, टी-२० शृखंला बराबरी

प्रकाशित मिति :  21 April, 2026 8:24 pm


काठमाडौँ- ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ओपनर कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले सहज जित हात पारेको हो।

नेपालले दोस्रो खेल जितेसँगै दुई खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला १-१ को बराबरीमा सकिएको छ। १२९ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा कुशलले अविजित रहँदै ८४ रन प्रहार गरे। उनले ५७ बलको सामना गरेर १२ चौका र २ छक्का प्रहार गरे। कुशल मल्ल १९ रनमा आउट हुँदा कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे।

त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदिप नाथले सर्वाधिक ५३ रन, मोहम्मद अफ्रानले ३२, अदिप उस्मानीले ३० रन बनाए।

मंगलबार भएको पहिलो खेलमा यूएईले नेपाललाई पराजित गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा