"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेट लिग–२ : नेपाल युएईमाथि ३७ रनले विजय

प्रकाशित मिति :  25 April, 2026 8:14 pm


काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो ।

युएईका लागि हर्पित सिंह भाटियाले सर्वाधिक ३९ रन बनाए । आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ रनमा आउट भए । जुनेक सिद्दिकी ७ रनमा अविजित रहे ।

बलिङमा नेपालका करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक-एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० बलमा ७५ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

बलिङमा यूएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए । खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एकएक विकेट लिए । अब नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।

नेपालले लिग टु मा ४ खेलपछि पहिलो जित निकालेको हो । यो १० महिनापछिको पहिलो जित समेत हो भने घरेलु मैदानमा दोस्रो जित हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई

काठमाडौँ – फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको

काठमाडौँ — फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार बिहान अर्जन्टिना र स्विट्जरल्याण्डबीचको खेलसँगै क्वार्टरफाइनलका सबै खेल

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले फिफा विधानको धारा