"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने

प्रकाशित मिति :  25 May, 2026 2:56 pm


काठमाडौँ-  अबदेखि गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। अहिलेसम्म प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने कार्यक्रम थियो। यसपालिदेखि भने राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने भएका हुन्। सरकारले पछिल्लो मन्त्रिपरिषदबाट गणतन्त्र दिवसमा आयोजित समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो।

‘गणतन्त्रको प्रतीक राष्ट्रपति हुनाले गणतन्त्र दिवसको समारोहलाई प्रधानमन्त्रीलेभन्दा राष्ट्रपतिले नै सम्बोधन गर्नु नै उपयुक्त हुन्छ भन्ने मौखिक आग्रह प्रधानमन्त्रीका तर्फबाट पहिलादेखि नै भइरहेको थियो, तर पछिल्लो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर निर्णय र समारोहलाई सम्बोधन गरिदिन आग्रह सहितको प्रधानमन्त्रीको पत्र प्राप्त भएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले सेतोपाटीसँग भन्यो।

मन्त्रिपरिषद निर्णय र प्रधानमन्त्री शाहको अनुरोध पत्र बुझाउन मुख्य सचिव सुमनराज अर्याल आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। गणतन्त्र दिवसमा अबदेखि प्रधानमन्त्री नबोल्नेभन्दा पनि राष्ट्रपति बोल्ने भन्ने रूपमा यो निर्णयलाई लिनुपर्ने राष्ट्रपति कार्यालय स्रोतको भनाइ छ।

नेपाल २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। त्यसयता वर्षेनी जेठ १५ मा गणतन्त्र दिवसमा टुँडिखेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेका थिए। २०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए। २०८१ को गणतन्त्र दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेका थिए।

साथै २०८० को गणतन्त्र दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, २०७९ को गणतन्त्र दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवा, २०७८ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए। गणतन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान न्यायाधीश, उपसभामुखलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुने गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संंरक्षण) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन

काठमाडौँ – प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोधका बीच प्रतिनिधिसभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा

काठमाडौँ – विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुनुपनर्ने माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी नेपाली कांग्रेस,

सुनसरी– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्। सुनसरीको