"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ : नेता आङ्देम्बे

प्रकाशित मिति :  10 June, 2026 8:48 pm


काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति गैरजिम्मेवार रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको भनाइलाई जतिसुकै रफु गरे पनि वा विभिन्न विशेषण थपे पनि मूल शब्द र अर्थ परिवर्तन नहुने बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ, यसलाई जतिसुकै रफु गरे पनि, जतिसुकै विशेषण थपे पनि उहाँले भनेको यही हो’, आङ्देम्बेले भने। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तारूढ दलका सांसदहरूले खुलेर विरोध गर्न नसक्नु आश्चर्यजनक रहेको टिप्पणी गरे। उनले सत्ताको दबाबका कारण केही सांसद मौन बसेको संकेत गर्दै आलोचना गरे।

आङ्देम्बेले नेपालले भारतको सीमा मिचेको विषयलाई बहुमत सांसदले स्वीकार गरेको जस्तो देखिएको संसद् दृश्य लज्जास्पद रहेको दाबी गरे। उनले प्रधानमन्त्री शाह थिति तोड्ने बाटोमा बेपरवाह रूपमा अघि बढिरहेको आरोप पनि लगाए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई लक्षित गर्दै उनले खुलेर समर्थन गर्न पनि नसक्ने र विरोध पनि गर्न नसक्ने असहज राजनीतिक अवस्थामा रहेको टिप्पणी गरे।

आङ्देम्बेले नागरिकले सबै गतिविधि सूक्ष्म रूपमा निगरानी गरिरहेको भन्दै रास्वपा सचेत रहनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले  खुलेर समर्थन पनि गर्न नसक्ने र विरोध पनि गर्न नसक्ने अजीबको जिन्दगी बाँच्नुपरेको छ।’  आङ्देम्बेले नागरिकले एकएक हिसाब राखिरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सजग बन्न ध्यानाकर्षण गराए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डसम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। मंगलबार शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा

काठमाडौँ- सुधन गुरुङ र महावीर पुनले मंगलबार क्रमशः गृहमन्त्री तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११