"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद बैठकबाट ९ विधेयक संसदमा पेस गर्न स्वीकृति

प्रकाशित मिति :  29 July, 2026 10:29 pm


आजको मन्त्रिपरिषद बैठकले ९ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकपछि सरकार प्रवक्ता सम्मित पोखरेलले विभिन्न विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए।

यी हुन् विधेयक-

१. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धीलाई संशोधन गर्न बनेको विधेयक

२. खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक

३. संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४. राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक

५. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक

६. बाल श्रम निषेध तथा नियमितसम्बन्धी विधेयक

७. आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

८. मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक

९. कर्मचारी सञ्चय कोष २०१९ लाई संशोधन गर्न बनेको विधेयक।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक