"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

असारदेखि भदौ मसान्तसम्म सडक नखन्न विभागको अपिल

प्रकाशित मिति :  8 June, 2022 11:37 am


काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो ।

विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि भदौ मसान्तसम्म विभिन्न प्रयोजनका लागि सडक खन्ने वा भत्काउने काम रोक्न भनेको हो ।

मुख्य गरी काठमाडौं उपत्यकामा धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका लागि सडक भत्काइने भएकोले बर्खामा यसले गर्दा सडक बिग्रिने र तत्काल मर्मत गर्न नसकिने भएकोले यस्तो काम तीन महिना बन्द गर्न सूचनामा उल्लेख गरिएको छ ।

यदि सडक डिभिजन कार्यालयले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने अनुगमन कार्यालयले चेतावनीसमेत दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा

काठमाडौं –  सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित बस्ती हटाउन र व्यवस्थापन गर्न तयारी गरेको जनाएको छ। शुक्रबार मन्त्रालयमा बसेको विभिन्न

काठमाडौँ – सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक लगानी प्रवर्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै व्यापक नीतिगत,

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै