"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसको निर्णय : कर्णाली सरकारमा बीसी र शाहीलाई पठाउने

प्रकाशित मिति :  6 February, 2022 3:20 pm


२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ ।

मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि दावेदार थिए । उनी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारमा जलस्रोत तथा उर्जा विकासमन्त्री बनेका थिए । बीसी पनि शाही सकरारमा सामाजिक विकासमन्त्री थिए ।

अहिले मन्त्री बन्न लागेका शाही, संसदीय दलका सचेतक पनि हुन् । ‘मैले त सकेसम्म एकजना महिला सांसदलाई पालो दिने सोचेको थिए । तर, सबैकुरा मेरो सोच मुताविक नहुने रै’छ,’ मुख्यमन्त्री शाहीले अनलाइनखबरसँग भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने स्याउलाई ब्रान्डिङ गरी सहज रुपमा राजधानीका उपभोक्तालाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा

काठमाडौँ-  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

काठमाडौँ — मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका

काठमाडौँ – अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको