"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्यालयका अध्यक्ष र प्रधानाध्यापक सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  22 April, 2026 5:12 pm


काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रअ खनाल र लेखापाल ठकबहादुर बुढाथोकी विरुद्ध जनही १०  लाख ७५ हजार ७५३, कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी विरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-६ का डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोपाइटर शिवप्रसाद श्रेष्ठविरुद्ध ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो दाबी गरिएको छ ।

विव्यस अध्यक्ष खड्का, मुसीकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ (२) बमोजिमक कसर अनुसार कारबाही हुनुपर्ने आरोपपत्रमा छ ।

उनीहरूले आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत खरिद गरिएको सामग्रीमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द