"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेश र संघको निर्वाचन एकैचरणमा, मंसिर २ गते आयोगको प्रस्ताव

प्रकाशित मिति :  6 July, 2022 5:15 pm


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचन एकैचरणमा गर्ने बताएका हुन् । आयोग पदाधिकारीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गर्दै मंसिर २ गते प्रदेश र संघको निर्वाचन गर्न मिति प्रस्ताव गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले २०७९ साल मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्यौँ । कानुनबमोजिम निर्वाचन अवधि कायम राखेर आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न सुझाव दियौँ,’ थपलियाले इकान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीज्यूले मंसिर २ मै नहुन सक्छ, तर निर्वाचन अवधि कायम राखेर निर्वाचनको मिति तोक्छौँ भन्नुभएको छ ।’

आयोगले निर्वाचनका लागि मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि लिने गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको भन्दै आयोगलाई धन्यवाद ज्ञापन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी