"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

प्रकाशित मिति :  21 July, 2022 10:02 pm


एजेन्सी, नयाँदिल्ली ।  भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित भएकी छन् । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उनी दोस्रो महिला हुन् । 

सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले पूर्वराज्यपाल रहेकी मुर्मूलाई उम्मेदवार बनाएको थियो । उनी कांग्रेस सहितको विपक्षी दलले राष्ट्रपतिमा अघि सारेको तृणमुल कांग्रेसमा रहेका पूर्वभाजपा नेता यशवंत सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपति चुनिएकी हुन् । उनलाई जितका लागि ५ लाख ४३ हजार २ सय १६ मतमूल्य चाहिएकोमा उनले ५ लाख ७७ हजार ७७ सय ७७ मतमूल्य प्राप्त गरी विजयी भएकी हुन् ।

भाजपाले आदिवासी समुदायबाट त्यसमाथि महिलालाई अघि सारेपछि विपक्षी दलहरुलाई अप्ठ्यारो परेको थियो ।

भारतको संवैधानिक प्रावधानअनुसार केन्द्रीय सांसद र विधानसभा सदस्यहरुको कुल मत मूल्य १० लाख ८६ हजार ४ सय ३१ को ५० प्रतिशत कटाउने उम्मेदवार विजयी हुन्छन् । मुर्मूले ७२ प्रतिशत मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी सिन्हाले २ लाख ६१ हजार ६२ मत मूल्य प्राप्त गरेका छन् ।

प्रारम्भदेखि नै भोटको संख्या सत्तारुढ दलसँग बढी थियो । तर, जितका लागि चाहिने ५१ प्रतिशत भने पुगेको थिएन । तर, मुर्मूको उम्मेदवारीले विपक्षी दलमा एकजुट्ता कायम रहन सकेन । विपक्षी गठबन्धनमा रहेका कतिपय दलले मुर्मूलाई खुलेर साथ दिन पुगे भने धेरै क्रस भोट पनि उनको पक्षमा भयो । विपक्षी गठबन्धनबाट आफ्नै दलबाट उम्मेदवार बनाएका तृणमुल कांग्रेसलाई पनि मुर्मूको उम्मेदवारीले अप्ठ्यारो बनाएको थियो । आदिवासी उम्मेदवारको विरोधमा लाग्न स्वयं तृणमुल कांग्रेसका अध्यक्ष ममता बनजीलाई समस्या परेको थियो । उनले आफ्ना उम्मेदवार सिन्हालाई पश्चिम बंगालमा चुनावी प्रचारका लागि आउनैमा रोक लगाइन् । त्यसले पनि सिन्हालाई अप्ठ्यारो पारेको थियो ।

राष्ट्रपति चुनावका लागि लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरु मतदाता हुन्छन् । भारतमा लोकसभा र राज्यसभामा निर्वाचित सांसदको संख्या ७ सय ७६ छ । त्यस्तै, ४ हजार ३३ जना विधायक छन् । सबै राज्यमा र केन्द्रमा १८ जुलाईमा मतदान भएको थियो ।

आगामी २५ जुलाईमा उनले शपथ ग्रहण गर्ने छिन् । सर्वोच्च अदालतका मुख्यन्यायाधीशबाट उनले शपथ लिने छिन् । भाजपाले यसअघि दलित समुदायकै कोविंद र त्यसअघि अटल बिहारी बाजपेयीको समयमा चर्चित वैज्ञानिक अब्दुल कलामलाई राष्ट्रपति बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन