"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय समितिले मगायो सिंहदरबार गेटकै सीसीटीभी फुटेज

प्रकाशित मिति :  24 July, 2022 6:07 pm


काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ गते राति सिंहदरबार प्रवेशद्वारको भिडियो नै हेर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयसँग माग्दा जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि समितिले सिंहदरबार प्रवेशद्वारकै भिडियो  हेर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

समिति सचिवालयका अनुसार गृह मन्त्रालयसँग सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सिसिटीभी फुटेज मागिएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी