"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड

प्रकाशित मिति :  26 July, 2022 6:56 pm


काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ खर्चका हिसाबले विगतका निर्वाचनभन्दा मितव्ययी भएको दाबी गरेको छ । आयोगले मंगलबार निर्वाचनको परिणाम र खर्च सार्वजनिक गर्दै गत वैशाख ३० मा भएको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ ।

निर्वाचनका लागि आयोगलाई सरकारले ८ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको ३ अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार सचिवालयमा १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३ अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ ।

प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा प्रतिमतदान केन्द्र २ लाख २९ हजार ५७८ रुपैयाँ र प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको बताए । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च संघीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी