"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री देउवा र डोनाल्ड लुविच भेटवार्ता, अमेरिका भ्रमण निम्तो

प्रकाशित मिति :  १३ श्रावण २०७९, शुक्रबार १९:३६


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बेला यसबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग पनि कुरा भएको छ । नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुसँग देउवाले उपयुक्त समयमा भ्रमण गर्ने बताएका छन् । तत्काल देउवाको भ्रमण नै अब नहुने भन्ने चर्चा चुलिइरहेका बेला शुक्रबार यो विषयमा लुसँग पनि कुरा भएको हो  । भेटवार्तामा प्रधानमन्त्री देउवाले अनुकुल समयमा भ्रमण गर्ने बताए ।

‘उक्त अवसरमा प्रधानमन्त्री (देउवा) ले उपयुक्त र अनुकुल समय मिलाएर भ्रमण गर्ने बताउनु भयो,’ प्रधानमन्त्रीको प्रेस प्रमुख गोविन्द परियारले कान्तिपुरसँग भने,‘अनुकुल समयमा प्रधानमन्त्रीजीको अमेरिका भ्रमण हुन्छ । गृहकार्य भइरहेको छ ।’

प्रधानमन्त्री देउवालाई गत वर्षको चैत २५ मा अमेरिका भ्रमणको निम्तो आएको थियो । तर दुवै पक्षलाई अनुकुल हुने गरि उपयुक्त समय खोजीमा नेपाल र अमेरिकी सरकार रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा दुवै पक्षबीच अनुकुल मितिबारे कुरा भइरहेको छ । दुवैलाई अनुकुल हुने मिति अहिलेसम्म तय भएको छैन,’ साउन ४ को नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनेकी थिइन् ।

त्यसअघि असार २० मा पनि प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण अपेक्षित भन्दै विभिन्न चरणमा गृहकार्य गर्नु पर्ने भएकोले मिति तय हुन समय लाग्ने बताएकी थिइन् ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण सुरुमा असार अन्तिम साता हुने गरि गृहकार्य भएको थियो । तर दुवै मुलुक बीचमा अनुकुल हुने समय नमिल्दा भ्रमण धकेलिँदै गएको हो । परराष्ट्रका अधिकारीका अनुसार भ्रमण कहिले हुन्छ भन्ने विषयमा अझै पक्का भइसकेको छैन ।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अघि नबढाउने भन्ने निर्णय असार ६ मा गरेको थियो । त्यस अघि संम्भव देखिएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण त्यसपछि क्रमिक रुपमा पछि सर्दै गएको हो । तर नेपालले साउन ९ मा अमेरिकालाई एसपीपी अस्वीकार गर्ने सम्बन्धमा पत्राचार गरिसकेपछि अब भ्रमण कहिले हुन्छ भन्ने बारेमा अझै गृहकार्य भइरहेको हो ।

सत्ता गठबन्धनको एक पार्टी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले त सार्वजनिक कार्यक्रममै एसपीपी अस्वीकार गर्ने भएपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका थिए । तर गठबन्धनकै अर्का नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आन्तरिक राजनीतिक घटनाक्रमको कारण आफूहरुले प्रधानमन्त्री देउवालाई अहिले अमेरिका भ्रमण गर्न उपयुक्त समय नभएको सल्लाह दिएको बताएको दाबी गरेका थिए ।

साउन ४ कै पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता लम्सालले अगामि सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको ७७ औं महासभामा नेपालको तर्फबाट उच्च तहको सहभागिता हुने गरि गृहकार्य भएको बताएकी थिइन् । तर उनले प्रधानमन्त्री नै उक्त भ्रमणमा जाने वा नजाने भन्ने विषय भने मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइन् । जसलाई देउवाको संभावित र ‘उपयुक्त समय’ को अमेरिका भ्रमणको रुपमा पनि हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि