"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

प्रकाशित मिति :  6 August, 2022 9:36 pm


काठमाडौँ ।  जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । ‘एनडीएका उम्मेदवार जगदीप धनखडले ३ सय ४६ मतान्तरले चुनाव जितेका छन् । उनले खसेको ७ सय २५ मतमध्ये ५ सय २८ प्राप्त गरेका छन् । जबकी १५ मत रद्द भएको छ । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ मत प्राप्त गरेकी छिन्,’ चुनावी परिणामको घोषणा गर्दै लोकसभाका महासचिव उत्पल सिंहले भने ।

भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए ।

जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन