"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

प्रकाशित मिति :  6 August, 2022 9:36 pm


काठमाडौँ ।  जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । ‘एनडीएका उम्मेदवार जगदीप धनखडले ३ सय ४६ मतान्तरले चुनाव जितेका छन् । उनले खसेको ७ सय २५ मतमध्ये ५ सय २८ प्राप्त गरेका छन् । जबकी १५ मत रद्द भएको छ । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ मत प्राप्त गरेकी छिन्,’ चुनावी परिणामको घोषणा गर्दै लोकसभाका महासचिव उत्पल सिंहले भने ।

भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए ।

जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा