"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कामनपा र ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान शुरु

प्रकाशित मिति :  7 August, 2022 3:09 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने लागेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा सो अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले नो हर्न अभियान पहिलेबाट सञ्चालन गरिए पनि कोरोनालगायतका कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो । उहाँले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले यसलाई प्रभावकारी बनाइन लागेको बताउनुभयो । उहाँले सवारी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यकतामा जोड दिनुभयो।

प्रमुख साहले भन्नुभयो, ‘‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । यातायातबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक रोगमा समस्या हुनसक्छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउन गाह्रो भएको थियो । बाटोमा सवारी गुडाउँदा धैर्यता राख्नुपर्छ ।’’

यस्तै, कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा ‘नो हर्न’ अभियानलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाले वि।सं।२०७३ साल चैत्र महिनामा ‘नो हर्न’ अभियान सञ्चालन गरेको थियो । तर कोरोनालगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले