"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आम निर्वाचनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

प्रकाशित मिति :  15 August, 2022 6:11 pm


काठमाडौं । सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरू गरेको छ ।

सोमबार सिंहदरवारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।

चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन ? त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको पनि बताए ।

केन्द्रीय सुरक्षा समितिले चार वटै सुरक्षा निकायका प्रतिनिधिहरु रहने गरी निर्वाचन सुरक्षा योजना बनाउने गर्दछ । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले निर्वाचनको चुनौति र त्यसलाई सामना गर्ने उपायहरुको बारे पनि सो समितिले नीति बनाउने हुनाले त्यस सम्बन्धमा पनि बैठकमा छलफल भएको बताए ।

‘खासगरी मंसीर ४ गते हुने निर्वाचनको सन्दर्भमा कसरी व्यवस्थापन गर्ने, तयारी के गर्ने भन्ने विषयमा प्रारम्भिक बैठक भएको हो । केन्द्रीय निर्वाचन सुरक्षा योजना बनाउँछौं हामीले ।’ उनले भने, ‘प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा योजना भनेर हामीले सबै सुरक्षा निकायका प्रतिनिधिहरु रहनेगरी सुरक्षा योजना बनाउँछौं । त्यसमा हाम्रो जनशक्ति कति चाहिन्छ ? त्यसको आँकलन पनि गरिन्छ । त्यसपछि निर्वाचनका चुनौतिहरु के–के हुन ? त्यसलाई सामना गर्ने उपायहरु पनि नीति तय गर्छौं ।’

बैठकमा गहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः