"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयकको सन्देश संसदमा प्रस्तुत

प्रकाशित मिति :  16 August, 2022 1:39 pm


काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रपतिबाट संदेशसहित नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट प्राप्त नागरिकता विधेयक फिर्ताको संदेश प्रस्तुत गरेका हुन् ।

आइतबार राष्ट्रपतिबाट संदेशसहित फिर्ता भएको नागरिकता विधेयक सोमबार संघीय संसदमा पुगेको थियो । लगत्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको संदेश प्रस्तुत गरेर सदनलाई जानकारी गराइएको हो ।

राष्ट्रपतिको संदेशबारे सदनलाई जानकारी गराएपनि अगाडि बढाउने विषयका सन्दर्भम दलहरु एकमत छैनन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुको एउटै धारणा तय हुन सकेको छैन् । सरकारको नेतृत्वकर्ता दल नेपाल कांग्रेस फास्ट ट्रयाकमा नागरिकता विधेयक पारित गराउनुपर्ने पक्षमा छ भने गठबन्धनमा रहेका अन्य दलहरु राष्ट्रपतिले पठाएको संदेशका सन्दर्भमा के गर्ने हो एकीककृत धारणा तय गर्नुपर्ने पक्षमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक रहेको बताइरहेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विधेयक फिर्ता भएपछि दलहरुलाई साझा धारणा तय गर्ने अवसर मिलेको बताए । उनले सहमतिमा आउन अनय दलहरुलाई आग्रह गरे ।

‘राष्ट्रपतिले केही संदेशहित पठाउनुभएको छ । यो हाम्रा लागि सुर्वण अवसर हो । एमालेको तर्फबाट आश्वान गर्न चाहन्छु– आउनुहोस् सम्पुर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयर गरेर अगाडि बढौं’ भट्टराईले भने ।

एमालेकै सचेतक शान्ता चौधरीले नागरिकता विधेयक फिर्ता भएपछि सत्ता गठबन्धनलाई गल्ति सुधार्ने मौका मिलेको बताइन् । ‘यस अवसर दिलाइएकोमा राष्ट्रपतिलाई धन्यावाद दिनुपर्छ’ उनले भनिन् । ‘यो विधेयक अब दफावार छलफलका लागि संसदीय समितिमा पठाइनुपर्छ’ भन्ने पनि सचेतक चौधरीको माग छ ।

एमालेकै सांसद विना श्रेष्ठले पनि वैवाहिक अंगीकृतमा समयसीमा राखिनुपर्नेमा जोड दिइन् । विगतमा सत्ता गठबन्धनले बहुमतको बहलमा वैवाहिक अंगीकत नागरिकता बिहे गरेर आए लगत्तै पाउने व्यवस्थालाई निरन्तरता दिन खोजिएकोमा राष्ट्रपतिले फिर्ता पठाएपछि सुधार गर्ने अवसर मिलेको उल्लेख गर्दै उनले फेरि पनि समयसीमा राखेरै जानुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल