"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजार उम्मेदवार कारबाहीमा

प्रकाशित मिति :  17 August, 2022 11:39 am


काठमाडौं। निर्वाचन आयोगले कानूनबमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार ७८३ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको छ। 

निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था भए पनि उम्मेदवारले नबुझाएपछि आयोगको यस्तो निर्णय सार्वजनिक भएको हो। 

स्थानीय तह सदस्य निर्वाचनमा भाग लिएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार १३१ जना र ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार ६५२ जना समेत कूल जम्मा एक लाख २३ हजार ७८३ जना अब कारबाहीको दायरमा आएका हुन्। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, उम्मेदवारलाई तोकिएको समयावधिभित्र कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो भनी आफ्नो सफाइसहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ