"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तारूढ गठबन्धन : शीर्ष नेतालाई सिट बाँडफाँट जिम्मा

प्रकाशित मिति :  19 August, 2022 1:27 pm


काठमाडौँ । सत्तारूढ पाँचदलीय गठबन्धनले बनाएको कार्यदलले नसकेपछि प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटका लागि बिहीबारदेखि शीर्ष नेतृत्वबीच छलफल सुरु भएको छ । कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले नेतृत्वसँग सहजीकरणको काम गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान छलफल भएको थियो । देउवा र दाहालबीचको छलफलमा सिटौला र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उपस्थित थिए । देउवा–दाहाल कुराकानीपछि कार्यदल संयोजक सिटौला एकीकृत समाजवादीका नेता माधवकुमार नेपालसँग छलफल गर्न उनकै निवास पुगेका थिए । सिटौलाले शुक्रबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि छुट्टै छलफल गर्ने भएका छन् ।

कार्यदलमा सिट बाँडफाँटका लागि आधार बनाउने विषयमा विवाद बढेको थियो । खासगरी माओवादीले ०७४ मा जितेका प्रत्यक्ष सिटलाई कायम राखेर ८१ सिटमा मात्रै बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो । एक वर्षअघि गठन भएको एकीकृत समाजवादी पार्टीको हकमा भने विशिष्ट मापदण्ड बनाउनुपर्ने माओवादीको जोड छ । माओवादीको प्रस्तावलाई जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सकारात्मक रूपमा लिए पनि कांग्रेस मानेको छैन । स्रोतका अनुसार ०७४ मा प्रत्यक्ष जितेका निर्वाचन क्षेत्रलाई कायम राख्दा कांग्रेसमा दुई दर्जनभन्दा बढी नेता व्यवस्थापन गर्न चुनौती हुने र त्यसले देशभर असन्तुष्टि बढाउने तर्क कार्यदलमा रहेका कांग्रेस नेताहरूले राख्दै आएका छन् । यसमा समझदारी बन्न नसकेपछि उनीहरूले सबै निर्णय गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएका हुन् ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल