"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेता प्रदीप गिरिको निधनमा दुवै सदनबाट शोक प्रस्ताव पारित

प्रकाशित मिति :  ६ भाद्र २०७९, सोमबार १५:२३


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको अलग अलग बैठकले प्रखर समाजवादी चिन्तक समेत रहेका प्रतिनिधिसभा सदस्य गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस अवसरमा उनको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले र राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वर्गीय गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकले पारित गरेको हो ।

विक्रम संवत २००६ सालमा सिरहा जिल्लाको बस्तीपुरमा जन्मिएका गिरिको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मिति २०७९ साल भदौ ४ गते शनिबार निधन भएको थियो ।

गिरि नेपाली कांग्रेस पार्टीबाट २०५१ सालको प्रतिनिधिसभामा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । विक्रम संवत २०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभा सदस्य, विक्रम संवत २०६४ र विक्रम संवत २०७० सालमा संविधानसभा सदस्य र विक्रम संवत २०७४ सालको प्रतिनिधिसभा सिरहा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि