"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इमरान खानलाई पक्राउ नगर्न पाकिस्तानी अदालतको आदेश

प्रकाशित मिति :  25 August, 2022 4:34 pm


काठमाडौँ । पाकिस्तानको एउटा अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफका प्रमुख इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ । इस्लामाबादस्थित प्रतिआतंकवाद अदालत(एटीसी)ले खानलाई सेप्टेम्बर १ सम्मका जमानत दिएको हो ।

खानविरुद्ध गत हप्ता राजधानीमा आयोजित एक र्‍यालीमा महिला न्यायाधीशविरुद्ध विवादास्पद टिप्पणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। न्यायाधीश राजा जवाद अब्बास हसनको इजलासले १ लाख धरौटीमा जमानत दिएको हो।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार खानले शनिबार इस्लामाबादमा एक भाषणको क्रममा प्रहरी प्रमुख र एक महिला मजिस्ट्रेट विरुद्ध कारबाही गर्ने भनेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

खानलाई पक्राउ पर्न सक्ने आशंकामा समर्थकहरू शनिबार राति नै उनको घरबाहिर भेला भएका थिए । यदि उनलाई पक्राउ गरेमा राजधानी कब्जा गर्ने उनीहरूले चेतावनी दिएका थिए । साथै खान पक्राउ परेमा प्रधानमन्त्री शाहबाज शरीफले त्यसको परिणाम भोग्नुपर्ने भन्दै उनीहरूले चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन