"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

“व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार सरकारको प्राथमिकता”

प्रकाशित मिति :  27 August, 2022 5:33 pm


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।  

शनिबार संघीय सरकारले बुटवल उपमहानगरपालिका-८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले सुविधा सम्पन्न सहरी विकास र पूर्वाधारले आर्थिक विकासमा समेत सघाउने भएकाले सरकारले व्यवस्थित सहरीकरण र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए। 

उनले अव्यवस्थित सहरीकरणले बढाएको समस्यालाई ध्यानमा राखेर दीर्घकालीन योजना बनाउन आग्रह गरे। उनले संघीय शासन प्रणाली लागू भएसँगै यसलाई दिगो बनाउन सहरीकरणमा निश्चित मापदण्ड बनाएर अगाडि जानुपर्ने सहरी पूर्वाधारलाई व्यवस्थित बनाउने अबको योजना रहेको जानकारी दिए। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले दीर्घकालीन विकासमा सहयोग पुर्‍याउने उनको भनाइ छ। 

उक्त सम्मेलन केन्द्र दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको हो। पाँच वर्षअघि निर्माण सुरु भएको केन्द्रमा नेपालको झन्डा आकारमा तयार पारिएको छ। केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन्। 

९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्