"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजनीतिक स्वार्थ र दबाबमा महाभियोग लगाइएको जवराको बयान

प्रकाशित मिति :  31 August, 2022 2:59 pm


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिएका छन् । महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले आफूलाई राजनीतिक स्वार्थका आधारमा महाभियोग लगाइएको भन्दै राजनीतिक दलहरूविरुद्ध प्रतिक्रिया दिएका छन् ।

यस्तै उनले सर्वोच्चका न्यायाधीशहरूमाथि एक-एक गरी आरोप लगाइरहेका छन् । महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिइरहेका जबराले राजनीतिक दल, सर्वोच्चका न्यायाधीशहरू, नेपाल बार एसोसिएन, मिडिया सबैलाई दबाब दिएको आरोप लगाइरहेका छन् ।

उनले न्यायाधीश कार्कीले हरेकजसो मुद्दा बहाना बनाएर नहेर्ने गरेको गर तर आफ्नो स्वार्थ मिलेको मुद्दा भने नछोड्ने गरेको बताए । उनले भने, ‘हरिकृष्ण कार्की हरेक मुद्दा हेर्न पन्छिनु हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीको महान्यायाधीवक्ता भएको भन्नुहुन्छ । तर, आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्नुहुन्छ ।’

सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की पछिका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए ।

त्यस्तै, हाल कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई महत्वाकांक्षा जागेकाले आफूविरुद्ध लागेको पनि जबराको बयान छ । उनलाई प्रधानन्यायाधीश बनाउने भन्ने कुरा आएपछि सर्वोच्चमा गुटबन्दी भएको जबराको भनाइ छ ।

त्यसरी गुटबन्दी गर्दा न्यायाधीश नै आन्दोलनमा उत्रिएका र उनीहरूलाई पनि कानुन लाग्नुपर्ने जबराको जिकिर थियो । ‘प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्ने न्यायाधीशहरूलाई कानुन लाग्दैन ? प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्दा संविधान, कानुन, आचारसंहिताले दिन्छ ?’

बारले आफूलाई राजीनामा गर्नका लागि मान्छे पठाएको पनि जबराको भनाइ छ । साथै उनले राजीनामा दिएर जान भनेर बार्गेनिङ भएको पनि आरोप लगाए ।

बयानका क्रममा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्कासँग जबराको दोहोरो सवालजवाफ भएको थियो । खड्काले न्यायाधीशलाई बेन्चमा राख्ने र नराख्ने भन्ने प्रधानन्यायाधीशको भएको तर त्यसमा पनि प्रधानन्यायाधीशले दबाब आयो भन्दा तपाईंको क्षमतामाथि प्रश्न उठ्यो र अयोग्य भयो भन्ने कुरा आयो नि ? भनेर सोधेकी थिइन् ।

जवाफमा जबराले ‘आरोप त प्रमाणित गर्नुपर्ने होला नि’ भनेका थिए ।

खड्काले फेरि प्रश्न गरेकी थिइन्, ‘तपाईंको जवाफले नै तपाईंको कार्यक्षमतामा कमजोरी देखियो हैन र ?’ भनेर प्रश्न गरेकी थिइन् । त्यसपछि जबराले प्रधानन्यायाधीशलाई मात्रै गलत भन्न नहुने अरुलाई पनि त्यस्तो भन्नुपर्ने जवाफ दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी