"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेनाको सुरक्षामा आयोगले सुरु गरो नमूना मतपत्र छपाई

प्रकाशित मिति :  7 September, 2022 11:52 am


काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।

नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ ।

सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।

आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्षमता छ ।

मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् । मुख्य सुरक्षाको जिम्मा भने नेपाली सेनाको छ । सेनाको अनुमति लिएर मात्र कर्मचारीहरु आउ–जाउ गर्न पाउँछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः