"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुरक्षा समितिबाट निर्वाचन विशेष सुरक्षा योजना पारित

प्रकाशित मिति :  11 September, 2022 9:16 pm


काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको विशेष सुरक्षा योजना पारित गरेको छ ।

आइतबार गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । यही सुरक्षा योजनाको आधारमा जिल्ला जिल्लामा पनि थप योजना बनाउन सक्ने पोखरेलले बताए ।

केन्द्रीय सुरक्षा समितिको बैठकले दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढी पहिरोमा परी घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय पनि गरेको छ ।

विपद्बाट प्रभावितलाई खाद्यान्न सडकबाट पुर्‍याउन समस्या भएमा हेलिकप्टरबाट भए पनि यथाशक्य पुर्‍याउने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

सुरक्षा समितिको बैठकमा सोमबार नेपाल भ्रमणमा आउन लागेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चाङसुको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएका थिए ।

गृहमनत्री खाणले अहिलेसम्म विदेशी उच्च पदस्थ अधिकारीहरू आउँदा आ–आफ्नो जिम्मेवारी अनुसारको सुरक्षा व्यवस्थामा कुनै कमि हुन नदिएको उल्लेख गर्दै यो भ्रमणमा पनि त्यो भन्दा चुस्त दुरुस्त सुरक्षा व्यवस्था हुनेमा आफू विश्वस्त रहेको बताए ।

वैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः