"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ नेता ली चान्सु र सभामुख अग्नि सापकोटाविच संसद भवनमा शिष्टाचार भेटवार्ता

प्रकाशित मिति :  12 September, 2022 7:08 pm


काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले समकक्षी अग्नि सापकोटासँग शिष्टाचार भेट गरेका छन् ।

काठमाडौं आइपुगेलगत्तै द्विपक्षीय भेटका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लीलाई सभामुख सापकोटाले स्वागत गरेका छन् ।

दिउँसो ३ बजे काठमाडौं ओर्लिएलगत्तै होलट सोल्टी पुगेर केही समय आराम गरेका लीले औपचारिक भेटघाट सुरू गरेका छन् । संसद भवनको तिलिचो भवनमा सापकोटा र लीबीच भेट भएको छ ।

शिष्टाचार भेट सकिएसँगै चिनियाँ प्रतिनिधिमण्डल र सभामुख सापकोटाबीच द्विपक्षीय भेट सुरु भएको छ । भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेपालको संघीय संसद र चीनको राष्ट्रिय जनकंग्रेसका बीचमा द्विपक्षीय सहकार्य गर्ने तथा भ्रमण आदान–प्रदानलगायत सम्झौतामा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी