"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महाभियोग सिफारिस समितिले चोलेन्द्रको सम्पत्ति विवरण छानविन गर्दै

प्रकाशित मिति :  ३१ भाद्र २०७९, शुक्रबार १२:३०


काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ ।

विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो ।

अनलाईनखबरले संकलन गरेको विवरण अनुसार, २०५३ सालमा पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशको रुपमा सेवा प्रवेश गरेका निलम्बित प्रधानन्यायाधीश जबराले पाएको सेवा सुविधाको तुलनामा जोडेको सम्पत्ति करिव एकसय गुणाले बढी सम्पत्ति जोडेका थिए ।

‘उनीहरुको परिवारको सदस्यको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फाइल तत्काल मगाउनुपर्छ, मैले यसबारेमा पटकपटक भनेको छु’ समिति सदस्य कृष्णभक्त पोखरेलले भने, ‘अरु महत्वपूर्ण फाइलहरु समेत मगाउनुपर्छ ।’ उनको मागपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए ।

समिति सचिवालयले शुक्रबार विहानै न्याय परिषद र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट फाइलहरु मगाउन चिठी लेख्नेछ भने केही कागजातहरु विहान ९ बजेभित्र नै सचिवालयमा आइपुग्नेगरी मगाउने निर्णय भएको एक सदस्यले बताए । समितिले वीरगञ्जको छपकैया पोखरीको विवादमा भएको आदेश र फैसला समेत मगाउने निर्णय गरेको छ ।

समिति सदस्य तथा एमाले सांसद पोखरेलले बैठकमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्काको सबै फाइल मगाएर अध्ययन गर्नुपर्ने पनि बताए । त्यसैगरी इच्छाराज तामाङको मुद्धामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको संवादको अडियो र त्यससम्बन्धी न्यायपरिषदको फाइल समेत मगाउने निर्णय गरेको छ ।

कृष्णमान र हंसमान जोडिएका मुद्धामा जबरामाथि ४ करोड रुपैयाँ खाएको आरोप लागेकाले त्यससम्बन्धी फाइल समेत मगाउनुपर्ने पोखरेलले बताए । उनले यो अवधिमा धेरै चलखेल भएको भन्दै भने, ‘चोलेन्द्रशमशेर र प्रभुशमशेरको कल डिटेल पनि मगाउनुपर्छ ।’

समितिले बानेश्वरको आइपेक्स कम्प्लेक्सको फाइल अनि त्यहाँको सीसीटीभी फुटेज पनि मगाउने निर्णय गरेको छ । त्यहाँबाट एउटा नम्बरबाट नियमित फोन जाने गरेको भन्दै समितिले त्यो फोनको कल डिटेल समेत मगाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार