"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै

प्रकाशित मिति :  19 September, 2022 1:03 pm


एजेन्सी ।बेलायतकी दिवंगत महारानी एलिजावेथ  द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु गर्ने तालिका छ ।

अन्त्येष्टि समारोहमा विश्वभरिका करिब दुई हजार शीर्षनेता तथा विशिष्ट व्यक्तिको उपस्थिति हुने अपेक्षा गरिएको छ । तीमध्ये करिब पाँच सय जना विभिन्न देशका राजपरिवारका सदस्य, राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरू हुनेछन् ।

विभिन्न देशबाट आएका पाहुनाहरूका लागि बेलायतका नयाँ राजा चार्ल्सले आइतबार साँझ बकिङ्गम दरबारमा स्वागत समारोहको आयोजना गर्नुभएको थियो । विभिन्न देशबाट पाहुनाहरू आएकै बेला आइतबार साँझ ८ बजे बेलायतभरि राष्ट्रिय शोकका रूपमा मौन धारण गरिएको थियो ।

विभिन्न देशका पाहुनाहरू र बेलायती बासिन्दासहित लाखौँले गत सातादेखि नै उहाँको शवमा श्रद्धाञ्जली दिएका छन् । श्रद्धाञ्जली दिनका लागि गत हप्ताभर नै शव राखिएको ठाउँमा ठूलो सङ्ख्यामा लामबद्ध भएकाहरूको भीड लागेको थियो । 

बिहान ११ बजेपछि भने लामबद्ध भएर श्रद्धाञ्जली दिने क्रम रोकेर अन्त्येष्टिको अन्य प्रक्रिया सुरु गरिने भएको छ ।

महारानीको शव पेटिकालाई वेस्टमिन्स्टरको दरबारबाट वेस्टमिन्स्टर एबीसम्म शवयात्रा गर्दै लगिने तय भएको छ । शवयात्रामा राजा चार्ल्ससहित राजपरिवारका अन्य सदस्यहरू वरीयताक्रम अनुसार लामबद्ध भइ हिँड्नुहुनेछ ।

शवयात्राका क्रममा सैन्य कर्मचारी र प्रहरीले लाइन लागेर हिँडाएको लाममा हरेक एक मिनेटको फरकमा बिग बेनले घण्टी बजाउनेछन् । त्यसैगरी हाइड पार्कबाट प्रत्येक मिनेटमा तोपको सलामी दिइनेछ र मानिसहरूले तोकिएका क्षेत्रहरूबाट व्यक्तिगत रूपमा शवयात्रा हेर्न र महारानीलाई अन्तिम श्रद्धाञ्जली दिनसक्ने व्यवस्था मिलाइएको छ ।

शवयात्रा वेलिङ्टन आर्चमा लगभग दिउँसो १ बजे पुग्ने गरी तालिका बताइएको छ । त्यसपछि उहाँको शवलाई तोकिए बमोजिमको ठाउँमा समाधिस्थ गराइनेछ । समाधिस्थलमा भने निश्चित व्यक्तिहरू मात्रै सहभागी हुने भएका छन् ।

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो । 

  • रासस/एएनआई



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन