"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साइनबोर्ड राखेको कर तिर्न काठमाडौं महानगरको ताकेता

प्रकाशित मिति :  23 September, 2022 2:02 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले परिचय पाटी (साइनबोर्ड) राखेको शुल्क बुझाउन व्यवसायी तथा संस्थाहरूलाई ताकेता गरेको छ। साइनबोर्ड राखेबापत महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएको भन्दै महानगरले शुक्रबार एक सूचना जारी गरेको छ।

सूचनामा ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको शुल्क बुझाउन भनिएको छ। तोकिएको समयमा शुल्क नबुझाए वा तोकिएभन्दा ठूलो साइनबोर्ड राखे महानगर आफैँले हटाउने चेतावनीसमेत दिएको छ।

साइन बोर्ड ६ वर्ग फुटसम्मको पाँच सय रुपैयाँ, १५ वर्ग फुटसम्मको एक हजार पाँच सय रुपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट एक हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने महानगरले जनाएको छ। महानगरले ३० वर्गफुटभन्दा ठूलो साइनबोर्ड राख्न निषेध गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले