"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति विरुद्धका रिट सुनुवाइ सर्वोच्चको प्राथमिकताक्रममा परेन

प्रकाशित मिति :  23 September, 2022 5:24 pm


काठमाडौं । प्राथमिकताक्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।

तर यी निवेदनमा शुक्रवार सुनुवाइ हुन सकेन । यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले पेशी तोकेको छैन । संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् ।

उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको छ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा भएको निर्वाचनमा बादल निर्विरोध

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौँ- नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान सुनिश्चि गरेको छ। आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको १०