"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

प्रकाशित मिति :  8 October, 2022 3:17 pm


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् । २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए ।

यो पटक पनि उनी टिकटका आकांक्षी थिए । माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी थिए ।

सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो । अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।

तर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले भनेका छन्, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य