"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन बेइजिङमा सुरू

प्रकाशित मिति :  16 October, 2022 4:25 pm


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरू भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरेका हुन् ।

आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।

विश्वको उयदीमान शक्ति राष्ट्र चीनमा सरकारभन्दा माथि हुने कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सबभन्दा शक्तिशाली मानिन्छ । त्यसलाई निर्वाचित गर्नका लागि गरिने महाधिवेशन सीपीसीको सर्वोच्च अंगका रूपमा विधानमा व्यवस्था गरिएको छ ।

सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने विश्लेषण गरिएको छ ।

आइतबार बिहान १० बजेबाट सुरू महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् । उनले गएका पाँच वर्षमा प्राप्त उपलब्धि र आउने पाँच वर्षको कार्यदिशाबारे पार्टी प्रतिनिधि समक्ष व्याख्या गरेका छन् ।

करिब २३०० पार्टी प्रतिनिधि सहभागी यस महाधिवेशनले ३७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्यूरो सदस्य र त्यसमध्य ७ जना पोलिटब्यूरो स्थायी समिति सदस्य चुनिने छन् ।

चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार महाधिवेशनमा पार्टीका पूर्वसर्वोच्च नेताहरूसमेत उपस्थित छन् ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै सीले ताइवानमा बल प्रयोगको सम्भावनालाई अस्वीकार नगर्ने बताए । चीनको पूर्ण एकतामा हामी विश्वास गर्छौँ । सिंगो देश एक हुनेछ । ताइवानमा बेइजिङले बल प्रयोग गर्नुपर्ने विषयलाई कहिल्यै स्वीकार गर्दैन,’ उनले भने ।

महासचिव सीले उक्त अभिव्यक्ति दिइरहँदा प्रतिनिधिहरूले व्यापक स्वागत गरेका छन् ।

सीले सीपीसीमा गम्भीर अदृश्य खतराहरू नरहेको भन्दै दोस्रो शताब्दी लक्ष्य हासिल गर्न सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए । साथै, आफ्नो सरकारको शून्य कोभिड नीतिले कोभिड नियन्त्रणमा सहयोग पुर्‍याएको उनले बताए ।

हेर्नुहोस् तस्वीरहरु : 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन