"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पहिलो त्रैमास : साढे १५ प्रतिशत मात्रै बजेट खर्च

प्रकाशित मिति :  18 October, 2022 1:31 pm


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म साढे १५ प्रतिशत बजेट खर्च भएको छ । यसमा चालु खर्चको अंश ठूलो देखिन्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५.५१ प्रतिशत बराबर हो ।

नजिकिएको निर्वाचन र चाडबाडका कारण सरकारको चालु खर्चमा उच्च चाप देखिएको छ । असोज महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भएको छ । असोज मसान्तसम्म १ अर्ब ८ अर्ब रुपैयाँ मात्र भएको चालु खर्च असोजमा २ खर्ब २३ अर्ब ७५ करोड पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ । चालु खर्च कुल लक्ष्यको १८.९१ प्रतिशत भएको छ ।

उता, पूँजीगत खर्चको गति भने साविकमा जस्तै सुस्त देखिएको छ । यद्यपि असोज महिनामा अघिल्लो महिनाको तुलनामा पूँजीगत खर्चमा समेत केही सुधार देखिन्छ । असोज मसान्तसम्म पूँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो । एक महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ ।

सामान्यतया त्रैमासको अन्तिम महिनामा हुने भुक्तानीका कारण पूँजीगत खर्चमा केही गति देखिन्छ । असोजसम्मको पूँजीगत खर्चको प्रगति मात्र ५.१७ प्रतिशत हो । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ ।

उता, असोज मसान्तसम्म वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १५.०९ प्रतिशत हो । वित्तीय व्यवस्थामा सरकारले २ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ पहिलो तीन महिनाको बजेट खर्च

बजेटविनियोजनअसोजसम्मको खर्चप्रतिशत
चालु११ खर्ब ८३ अर्ब२ खर्ब २३ अर्ब१८.९१
पूँजीगत३ खर्ब ८० अर्ब१९ अर्ब ६८ करोड५.१७
वित्तीय व्यवस्था२ खर्ब ३० अर्ब३४ अर्ब ७३ करोड१५.०९
कुल१७ खर्ब ९३ अर्ब२ खर्ब ७८ अर्ब१५.९१

राजस्व संकलन सुस्त

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । जसमा पहिलो तीन महिनामा मात्र १४.८७ प्रतिशत प्रगति देखिएको छ । असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुवै राजस्वको कुल योग हो ।

कर राजस्व १ खर्ब ८९ अर्ब ३८ करोड र गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । यसबीचमा अनुदान मात्र ७९ करोड रुपैयाँ प्राप्त भएको छ । अन्य आम्दानी २२ अर्ब ७४ करोड रुपैयाँ बराबरको गरेको सरकारको समग्र आम्दानी समेत खुम्चिएको अवस्था देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको