"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

प्रकाशित मिति :  19 October, 2022 4:52 pm


काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् । थरुरले भने १ हजार ७२ मत ल्याएका थिए । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।

१ सय ३७ वर्षअघि स्थापना गरिएको कांग्रेस पार्टीको प्रमुख छान्नका लागि छैटौं पटक चुनाव भएको हो । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित भएका हुन् ।

सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् । २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिए । २०१९ मा भएको चुनावमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गरेका उनी मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

यद्यपि विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा चासो राख्ने गरेको बताइन्छ । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न भएका थिए ।

पार्टीका राज्य प्रमुख देवराज उर्सले उनलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिएका थिए । सो निर्वाचन क्षेत्रबाट उनी लगातार नौ पटक सांसद निर्वाचित भएका छन् । उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

एजेन्सी – यस वर्ष चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जितेका छन्। शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ

ऐजेन्सी – थाइल्याण्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदमुक्त गरेको छ। कम्बोडियाका नेता हुन सेनसँगको फोन कल गरेपछि विवादमा

काठमाडौं – भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका छन् । यो समितिले तत्काल सीमा