"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित

प्रकाशित मिति :  19 October, 2022 4:52 pm


काठमाडौँ । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचत भएका छन् । भारतका पूर्वविदेश राज्यमन्त्री शशी थरुरलाई पराजित गर्दै खड्गे ७ हजार ८ सय ९८ मत ल्याएर कांग्रेस अध्यक्षमा निर्वाचित भएका हुन् । थरुरले भने १ हजार ७२ मत ल्याएका थिए । कांग्रेसका ९ हजार ७ सयमध्ये ९ हजार ५ सय प्रतिनिधिले चुनावमा मतदान गरेका थिए।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।

१ सय ३७ वर्षअघि स्थापना गरिएको कांग्रेस पार्टीको प्रमुख छान्नका लागि छैटौं पटक चुनाव भएको हो । कांग्रेस पार्टीमा अध्यक्षमा गान्धी परिवार बाहिरका सदस्य २४ वर्षपछि निर्वाचित भएका हुन् ।

सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् । २०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिए । २०१९ मा भएको चुनावमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । ८० वर्षका खड्गे १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गरेका उनी मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

यद्यपि विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा चासो राख्ने गरेको बताइन्छ । खड्गे १९६९ मा कांग्रेस पार्टीमा संलग्न भएका थिए ।

पार्टीका राज्य प्रमुख देवराज उर्सले उनलाई माथिल्लो जातको प्रभुत्व रहेको गुर्मत्कालबाट चुनाव लड्ने जोड दिएका थिए । सो निर्वाचन क्षेत्रबाट उनी लगातार नौ पटक सांसद निर्वाचित भएका छन् । उनले पार्टीलाई पुनर्संरचना गर्ने बताएका छन् । केन्द्रमा कम्तीमा आधा नेताहरू ५० वर्षभन्दा कम उमेरका हुने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन