"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आयोगको निर्णय : ललितपुर-३ मा कार्कीको उम्मेदवारी खारेज

प्रकाशित मिति :  29 October, 2022 10:12 pm


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३मा उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ।

आयोगमा शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिइ उम्मेदवारी दिएपछि उनको उम्मेदवारी खारेज भएको हो।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्।

‘उहाँ काउन्सिलको सदस्य हुनुहुन्थ्यो। त्यहाँ राजीनामा नदिइकन उम्मेदवारी दिनुभयो। लाभको पदमा भएको मान्छेको उम्मेदवारी खारेज गरि पाऊ भनेर उजुरी परेको थियो,’ भट्टराईले भने।

लाभको पदमा बसेर पनि उम्मेदवारी दिएको भन्दै एक हप्ता अघि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

उक्त उजुरीबारे निर्णय लिन कार्यालयले आयोगमा पठाएपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको सहसचिव भट्टराईले बताए।

खारेज गर्नुअघि उनी र मेडिकल काउन्सिलसँग स्पष्टीकरण समेत सोधेको थियो।

अब उनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिन पाउने छैन। अदालत भने गएर मुद्दा लड्न सकिनेछ।

Image



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ