"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिष्ठित महिला अवार्डबाट सम्मानित हुदै

प्रकाशित मिति :  6 November, 2022 12:29 pm


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउनुहुने भएको छ । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । 

आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान गर्नुहुने कार्यसूची रहेको मन्त्रालयले उल्लेख गरेको छ । आइसल्यान्ड सरकार र संसद्मा सामेल महिला राजनीतिक नेत्रीहरूले सन् २०१८ देखि यस मञ्चको सुरुवात गरेका हुन् । जसमा राजनीतिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र सञ्चारलगायतका क्षेत्रमा लैङ्गिक समानता, सशक्तीकरण र महिला नेतृत्वको उत्कृष्ट अभ्यासका विषयमा बहस गरिन्छ । 

मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले अवार्डको सम्मान ग्रहणसँगै नेपालमा महिला नेतृत्वको वर्तमान स्थितिका बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । मङ्गलबारदेखि बिहीबारसम्म आयोजना हुने सम्मेलनमा सहभागी भएपछि राष्ट्रपति भण्डारी शनिबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य