"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य टिप्स : दीर्घरोगीले के खाने, के नखाने ?

प्रकाशित मिति :  9 November, 2022 2:29 pm


उच्च रक्तचाप 
उच्च रक्तचाप भएका बिरामीले रातो मासु खानै हुँदैन । मासु खान मन लागेमा सेतो मासु खानुपर्छ । माछा पनि तेलमा तारेको चिल्लो छ भने खान हुँदैन । मादक पदार्थ खानुहुँदैन, बरु फलफूलको जुस मिलाएर खायो भने राम्रो हुन्छ । त्यस्तै, गेडागुडी, सागसब्जीले पनि उच्च रक्तचाप भएका बिरामीलाई राम्रो गर्छ । 

मुटुका बिरामी 
बोसोयुक्त चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । धेरै चिल्लो र हाई सुगर भएको, पेय पदार्थ र मिठाई खानुहुँदैन । सिजनेबल फलफूल खाने, अम्बा, स्याउ खाने लोकल फलफूल गेडागुडी खाने गर्नुपर्छ । सागपात खायो भने राम्रो हुन्छ । ग्यास्टिक, अल्सरका बिरामीका लागि पनि बढी चिल्लोयुक्त खानेकुरा हानिकारक छ । 

मिर्गाैलाका बिरामी 
नुन, दुग्धजन्य पदार्थ (चिज, बटर, घिउ), हरियो सागसब्जी कम खानुपर्छ । किनकि, सागसब्जीमा अक्जालेट र दुग्धजन्य पदार्थमा क्याल्सियम अत्यधिक हुन्छ । माछा, मासु, गेडागुडी सन्तुलित रूपमा कमभन्दा कम लिनुपर्छ । 

मधुमेहका बिरामी
शरीरमा गएर ग्लुकोजको रूपमा परिणत हुने खानेकुरा मधुमेह (सुगर)का बिरामीले खान हुँदैन । धेरै गुलियो हुने फलफूल पनि खान हुँदैन । घिउ, चिनी मिसाएको खानेकुरा त झन् सुगर भएका मान्छेले बन्दै गर्नुपर्छ । बजारमा आएका लड्डु, पेडाजस्ता मिठाईयुक्त खानेकुरा झुक्किएर पनि खान हुँदैन । गुलियो नहुने फलफूल, गेडागुडी, सागसब्जी खाँदा सुगरका रोगीलाई फाइदा गर्छ ।

कोलेस्ट्रोलका बिरामी 
कोलेस्ट्रोल भएका बिरामीले सलाद, हरियो सागसब्जी, फलफूल र पानी प्रशस्त खानुपर्छ । चिल्लो पदार्थ खानुहुँदैन ।

युरिक एसिडका बिरामी 
अमिलो गेडागुडी, जाँडरक्सी, रातो मासु कम खानुपर्छ । टमाटर, चिल्लो कम गर्नुपर्छ । खानेकुरा धेरैपटक खायो भने असर गर्छ । कम खायो भने राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य

तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा

जनकपुरधाम – सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयले सूचना जारी गरेर रामशाहपथमा रहेको भवनबाट