"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कलाकार र स्थानीयहरूसँग मिलन पाण्डेको पाइला यात्रा

प्रकाशित मिति :  16 November, 2022 2:55 pm


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभा तर्फका उम्मेदवार मिलन पाण्डेले आज ‘पाइला यात्रा’ गरेका छन्। बुधबार बिहान कलंकीदेखि स्युचाटारसम्म उनले कलाकार र स्थानीयहरूसँग पाइला यात्रा गरेका हुन्। काठमाडौं ९ का मतदाताले परिवर्तन खोजेको र यसैपालि उनीहरूले आफूलाई विजयी गराउने पाण्डेले बताए।

उनले यो क्षेत्रमा यसअघिका चुनाव जित्दै आएका नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको संसद यात्रा यसपालि रोकिने दाबी गरेका थिए। ‘कृष्णगोपाल अंकल पहिलोचोटि चुनाव लड्दा म २ वर्षको थिएँ। अहिले म ३३ वर्षको भएँ। मेरा बच्चा पनि छन् तर कृष्णगोपाल यसपालि पनि यो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ,’ कोणसभामा बोल्दै उनले भने, ‘जनताले परिवर्तन खोजेका छन्। स्थानीय चुनावमा धरान र काठमाडौं महानगरमा नयाँ र युवाले जितेर परिवर्तनको संकेत गरे। अब यसपालि क्षेत्र नम्बर ९ मा पनि परिवर्तन हुन्छ।’

कोणसभालाई चलचित्र निर्माता रवीन्द्रसिंह बानियाँले पनि सम्बोधन गरेका थिए। उनले युवाहरूलाई संसदमा पुर्‍याउनुपर्ने बताएका छन्।

पाण्डे काठमाडौं ९ मा पाइला चुनाव चिन्ह लिएर उठेका छन्।यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको