"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कलाकार र स्थानीयहरूसँग मिलन पाण्डेको पाइला यात्रा

प्रकाशित मिति :  16 November, 2022 2:55 pm


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभा तर्फका उम्मेदवार मिलन पाण्डेले आज ‘पाइला यात्रा’ गरेका छन्। बुधबार बिहान कलंकीदेखि स्युचाटारसम्म उनले कलाकार र स्थानीयहरूसँग पाइला यात्रा गरेका हुन्। काठमाडौं ९ का मतदाताले परिवर्तन खोजेको र यसैपालि उनीहरूले आफूलाई विजयी गराउने पाण्डेले बताए।

उनले यो क्षेत्रमा यसअघिका चुनाव जित्दै आएका नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको संसद यात्रा यसपालि रोकिने दाबी गरेका थिए। ‘कृष्णगोपाल अंकल पहिलोचोटि चुनाव लड्दा म २ वर्षको थिएँ। अहिले म ३३ वर्षको भएँ। मेरा बच्चा पनि छन् तर कृष्णगोपाल यसपालि पनि यो क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ,’ कोणसभामा बोल्दै उनले भने, ‘जनताले परिवर्तन खोजेका छन्। स्थानीय चुनावमा धरान र काठमाडौं महानगरमा नयाँ र युवाले जितेर परिवर्तनको संकेत गरे। अब यसपालि क्षेत्र नम्बर ९ मा पनि परिवर्तन हुन्छ।’

कोणसभालाई चलचित्र निर्माता रवीन्द्रसिंह बानियाँले पनि सम्बोधन गरेका थिए। उनले युवाहरूलाई संसदमा पुर्‍याउनुपर्ने बताएका छन्।

पाण्डे काठमाडौं ९ मा पाइला चुनाव चिन्ह लिएर उठेका छन्।यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी कल्पना धमला उम्मेदवार छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी